रवि लामिछानेका ड्राइभर घरको छतबाट खसेपछि पार्टी प्रवक्ता ढकालका ड्राइभर पक्राउ

0
52

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान ४ बजे भरतपुर महानगरपालिका–११ स्थित एक घरमा रवि लामिछानेका सवारी चालक सिन्धुपाल्चोक घर भएका दिलबहादुर थापा छतबाट खसेर गम्भीर भएका थिए । उनको गम्भीर अवस्थामा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए। कार्कीका अनुसार थापासँगै सुतेका रास्वपाका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ । तीन तले घरमा रहेको सीसीक्यामेरामा दिलबहादुर खस्दै गरेको देखिएको एसपी कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here