रमण गायकको शब्द संगीतमा सुबास रेग्मीको ‘न मलाई तिम्रो भर भो’ सार्वजनिक

0
78

काठमाडौं- बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुति एबम सुबास रेग्मीको निर्माणमा ‘न मलाइ तिम्रो भर भो’ बोलको गीत सार्वजनिक भएको छ। लाबोनी चक्रावर्ती को आवाजमा रहेको उक्त गीतमा शब्द संगीत भने लोकप्रिय गीतकार तथा संगीतकार रमण गायकको रहेको छ। गीतको भिडियोलाइ रमण गायकले निर्देशन गरेका हुन् जसमा छायांकन दुर्गा पौडेल र सम्पादन दिपक बिष्टको रहेको छ। भिडियोमा लोकप्रिय मोडल बिमल अधिकारि र संचिता शाहीको अभिनय देख्न सकिन्छ। सोहि गीतको मेल भर्सन केहि महिना अगाडी सार्वजनिक भएको थियो जसमा लोकप्रिय गायक सुगम पोख्रेलको आवाज सुन्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here