रकम हिनामिनाको आरोपमा पक्राउ परे (एमाले)का पूर्वसांसद् तथा सिभिल बैंकका अध्यक्ष तामाङ

0
17

काठमाडौँ – नेकपा (एमाले)का पूर्वसांसद् तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो। हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here