युएईमा नेपालीले पाए सुन र कार उपहार

0
30

दुबई – रेमिट्यान्स मार्फत घरमा पैसा पठाउँदा युएईमा नेपालीले सुन र कार  उपहार पाएका छन् । युएईको अलअहलिया एक्सचेञ्ज पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले उपहार स्वरुप १ किलो सुन पाएका छन् ।

त्यस्तै अन्य दुई जनाले कार उपहार पाएका छन् । रोल्पाका झकबहादुर गिरी झक बहादुर गिरी र  रूपन्देहीकी सिता पाण्डेले निसान सन्नी कार पुरस्कार स्वरुप पाएका हुन् ।

उनीहरूले अल अहलिया एक्सचेन्ज यूएईको विन्टर प्रमोसन योजनाअन्तर्गत घरमा पैसा पठाउँदा  उपहार पाएका हुन् । भट्टराईले आफूले पाएको १ किलो सुनको बजार मूल्य अनुसार ५७ लाख नेपाली लिने भएका छन् ।

झकबहादुर र सिताले भने पुरस्कार स्वरुप पाएको निसान सन्नी कारको सट्टा त्यो कारको  पर्ने मूल्य बराबरको नगद रकम अर्थात १२ लाख रुपैयाँ नेपाली लिने भएका छन् ।

डिसी नेपालबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here