यादव खरेलको रचनामा “समरजित्न सरल होला” सार्वजनिक (भिडियो)

0
198

काठमाडौं – बहुआयामिक ब्यक्तित्व, बरिष्ठ गीतकार, चलचित्र निर्देशक, निर्माता, कवि एवम् साहित्यकार यादव खरेलको रचनामा रहेको समरजित्न सरल होला बोलको गीत हालै मात्र प्रकाशित भएको छ । सुप्रसिद्ध गायक आनन्द कार्कीको आवाजमा सजिएको उक्त गीतमा मनराजा नकर्मीले संगीत भरेका छन् ।
गीतको भिडियोलाई भने माइकल चन्दले निर्देशन गरेका छन् । उत्सब दाहालको छायांकन तथा शिलन लम्सालको सम्पादन रहेको भिडियोमा आनन्द सिंह र किरण चन्दले आफ्नो अभिनय कौसलता प्रस्तुत गरेको देख्न सकिन्छ ।
सम्राट खरेल निर्माता रहेको उक्त गीतलाई रचनाकार खरेलले आफ्नै अफिसियल युट्युव च्यानल यादव खरेल आर्काइब्समार्फत सार्वजनिक गरेका छन् ।

बहुआयामिक, तथा सफल व्यक्तित्व द्वारा सृजित यस गीत अनि गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टा, कलाकार तथा प्राबिधिकहरुलाई हाम्रोतर्फबाट अझ धेरै सफलताको शुभकामना ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here