यस कारण बन्द गराइयो अनामनगरको भाटभटेनि सुपरमार्केट

0
112

काठमाडौं – वडाध्यक्षको निर्देशनपछि भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै रहेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको हो ।
सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।
अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् ।
सामान्य नागरिकले किनमेल गर्ने पसलहरु बन्द गराएर ठूलो सुपरमार्केटमात्रै खोल्न दिइएको भन्दै सर्वसाधारणहरुले नै सामाजिक सञ्जालमा विरोध गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here