म्यूजिक प्रोड्युसर एसोसियसन नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न,सभाले दियो नया कार्यसमिति

0
308

काठमाडौं – म्यूजिक प्रोड्युसरहरुको साझा संस्था म्यूजिक प्रोड्युसर एसोसियसन नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर स्थित मार्स नेपाल रिसोर्टमा उक्त साधारण सभा सम्पन्न भएको हो । साथै साधारण सभाबाट नया कार्यसमिति समेत चयन गरिएको छ । वरिष्ठ गीतकार एबम संगीत ब्यबसायी बी पाण्डेको अध्यक्षतामा गठित उक्त कार्यसमितिमा उपाध्यक्ष कस्तुप पन्त , महासचिव बाबुराजा केसी ‘ऊज्वल’ , सचिव केशव सापकोटा र कोषाध्यक्षमा सन्तोष केसीलाई निर्वाचित गरेका छ। त्यसैगरी कार्यसमिति सदस्यहरुमा पदमबहादुर बुढा, हीरा केसी, अर्जुन बोहरा, एकनारायण भण्डारी, बाबुराम बोहरा, सहदेव कोइराला, विमल अधिकारी र सुवास रेग्मी निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here