म्यान्मारको सेनाले ४३ जना बालबालिकालाइ ​गोली हानेर मार्यो

0
30

काठमाडौं । म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र ‘नियन्त्रणबाहिर’ जान सक्ने खतरा औँल्याएका छन् । सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई बताए । उनका अनुसार म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन् ।

तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निसानेबाजहरूलाई परिचालन गरिएको कर्कवुडले बताएका छन् । सेभ द चिल्ड्रेनका अनुसार गत माघ १९ पछि सरकारी सुरक्षाकर्मीको कारबाहीमा परेर कम्तीमा ४३ बालबालिका मारिएका छन् । त्यहाँको अवस्थालाई “दुःस्वप्न” जस्तो भन्दै उक्त अधिकारवादी संस्थाले छवर्षे बच्चा पनि सेनाद्वारा मारिएको बताएको छ । एउटा स्थानीय पर्यवेक्षण समूहले देशभरि अहिलेसम्म ५३६ जनाको मृत्यु भएको तथ्याङ्क दिएको छ । एक दिनअघि परिषद्को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो । सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए । अघिल्लो शनिवार एकै दिन १०० जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्को आपत्कालीन बैठक डाकिएको थियो । सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ । सबैभन्दा कान्छा मृतक ६ वर्षको भएको सेभ द चिल्ड्रेनले जनाएको छ । यसैबीच, नेत्री आङ सान सू चीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ । सू चीसहित उनका चारजना सहयोगीमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो । निर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here