म्याद थपियो लामिछानेको , अझै पाँचदिन हिरासतमै रहने ।

0
43

काठमाडौं– पत्रकार रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार उनीसहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here