मौसममा खराबी आएपछि चार वटा हेलिकप्टर धानखेतमा आकस्मिक अवतरण, सबै यात्रु सकुशल

0
78

काठमाण्डाै- सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौका लागि उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएको कारण सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बताएका छन्।


चारवटा हेलिकप्टर पाँचखाल नगरपालिका–२ मा धानखेतमा अवतरण भएका छन् । हेलिकप्टर अवतरण भएको ठाउँमा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) रुपाल अधिकारीका अनुसार मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए । यस्तै हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन् । सबै यात्रु हरु सुरक्षित रहेका छन् । मौसममा सुधार आएपछि हेलिकप्टर काठमाण्डौका लागि उड्ने पनि प्रहरी निरीक्षक अधिकारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here