मौलिक गीतमा अन्जलीको नृत्य माण्डबिको आवाज करनको शब्द विपिनको संगीत सबैले रुचाउने बिस्वास

0
217

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो निर्माण तथा बजार ब्यबस्थापनमा यो बर्षको पहिलो तीज गीत सार्वजनिक गरेको छ। लरक्कै जोवन बोलको गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो। लोकप्रिय गायिका माण्डबि त्रिपाठीको आवाज रहेको उक्त गीतमा शब्द लोकप्रिय गीतकार तथा संगीतकार कारण न्यौपानेको रहेको छ भने संगीत र संगीत संयोजन बिपिन आचार्यको रहेको छ।
गीतको भिडियोलाई लोकप्रिय निर्देशक एबम मोडेल शंकर बिसी ले निर्देशन गरॆका हुन्। दुर्गा पौडेलको छायांकनमा अन्जली अधिकारि र साथीहरुको नृत्य रहेको सोहि भिडियोलाई नबीन घर्ति मगरले सम्पादन गरेका हुन् । गीत मौलिक भएको र आफुहरुले सक्दो मिहेनेत गरेको कारणले दर्शक स्रोताहरुले मनपराउनेमा आफुहरु ढुक्क भएको गीत निर्माण युनिटले बताएको छ।
हाम्रो तर्फबाट पनि गीत अनि गीतसङ्ग सम्बन्धित सम्पूर्ण कलाकार तथा प्राविधिकलाई सफलताको धेरै धेरै शुभकामना।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, जय गीत जय संगीत ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here