मोटरसाइकल चोरी गर्दै गर्दा रंगेहात पक्राउ परे २० वर्षीय युवराज

0
67

काठमाडौं – काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।
तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here