“मैले बोल्नै जानिन”गितको चर्चासँगै युटुब ट्रेडिङमा अगाडी बढ्दै

0
220

काठमाडौं- पछिल्लो समयमा नेपाली सांगितिक बजारमा गित संगितको चर्चा परिचर्चा बड्दै गएको पाईन्छ। अहिलेको समयमा बजारमा आएका अधिकांश गितहरू दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । भाईरल अर्जुन बिक र रविना भण्डारीको म्युख्या भूमिकामा रहेको गित छोटो समयमा निकै चर्चा कमाउन सफल भएको छ । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेकी रबिना भण्डारीका दर्जनौ भन्दा बढी गीतका म्युजिक भिडियो बजारमा आएका छन् । केहि भिडियो आउने क्रममा रहेका छन् ।
अर्जुन बिक पनि छोटो समयमा निकै नै चर्चा कमाउन सफल भएका छन् । छोटो समयमा लोकप्रियतासँगै दुई दर्जन भन्दा बढी म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् भने केहि भिडियो आउने क्रममा रहेका छन् । रबिना भण्डारी र अर्जुन बिक अभिनित म्युजिक भिडियो“मैले बोल्नै ज़ानीन”गित पनि लोकप्रियतासँगै युटुब ट्रेडिङ भित्र छिरेको छ । यो न्युज तयार पार्दासम्म ६३,९५३ जना दर्शक स्रोताको नजरमा पुगिसकेको छ भने ट्रेडिङ ४४ मा आएको छ ।
सोहि क्रममा नरेन्द्र प्यासीको स्वरमा“मैले बोल्नै ज़ानीन”बोलको गितको म्युजिक भिडियो यसथ्रीके इन्टरटेन्मेन्को अफिसियल युटुव च्यानल मार्फ़त सार्वजनिक गरिएकोछ । बिरेन्द्र कुमार बलामीको शब्द तथा राज कुमार बगरको शब्द संगितमा रहेको म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफ़र देबेन्द्र कुँवरले उक्त गितको म्युजिक भिडियोलाई निकै फरक शैलिबाट निर्देशन गर्नु भएको हो भने छायांकन प्रकाश खडकाले गरेका हुन् ।
पछिल्लो समय देबेन्द्र कुँवर पनि एक पछी अर्को गर्दै लोकप्रियता कमाई रहेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा लागेका देबेन्द्र कुँवरले अनगिन्ति म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । म्युजिक भिडियो सम्पादन बिनोद वमले गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here