मेसी घाइते हुँदा बार्सिलोनाले जित्यो

0
107

म्याड्रिड- स्पेनी लिगमा बार्सिलोनाले मंगलबार राति भिल्लारियलमाथि २–१ को जित निकालेको छ । यससँगै प्रशिक्षक एरनेस्टो भाल्भेरडेमाथि दबाब कम भएको छ । तर यही खेलमै लियोनल मेसी भने घाइते भएका छन् । मेसी चोट बोक्दै दोस्रो हाफमा मैदान छाड्न बाध्य रहे । तर पहिलो हाफमै मेसीलाई उपचारको आवश्यकता परेको थियो । खेलमा भने बार्सिलोनका लागि एन्टोन ग्रिजमन र आर्थरले गोल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here