मेलम्ची फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा, नगरपालिकाले पक्की पुल निर्माणकाे प्रक्रिया अघि बढायो

0
5

काठमाण्डौ- मेलम्ची ११ स्थित फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख श्री आइतमान तामाङज्युको निर्देशनमा ३ दिन अघि देखि अस्थायी पुल निर्माण कार्य शुरु भएको थियो ।

गत १२ गते संचालनमा आएको उक्त अस्थायी पुल पुन १६ गते आएको बढीले क्षति पुर्याए पछि मर्मत गरी संचालनमा ल्याउन लागिएको हो । २०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएकाे छ ।

बर्खा लागे संगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं. ७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माण संगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्रि ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुनेछ । उक्त स्थानमा नगरपालिकाले पक्की पुल निर्माणकाे प्रक्रिया अघि बढाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here