मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

0
10

काठमाडौं – मेलम्ची खानेपानीको सुरुङमा हाल पनि राखेर परिक्षणको काम भैरहेको छ सोहि क्रममै सुरुङ्गमा केहि समस्या देखिएपछि हेर्न गएका ४ जनालाई पानीले बागाउदा चार मध्ये २ जना बेपत्ता भएका छन् भने २ जनालाई जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको प्रहरीले बताएको छ । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीका अनुसार हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here