मुस्ताङमा गयो हिम पहिरो

0
4

काठमाडौं – मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएका छन् । हिम पहिरो जाँदा भागदौड हुँदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए । हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो । हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गरेको प्रहरीले जनाएको छ । साङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत बढेको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी निरिक्षक आशिष अधिकारीले बताए । उनले फेरि पनि हिम पहिरो जानसक्ने भएकाले वरपरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए ।
(स्रोत – न्युज सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here