मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश

0
8

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले भर्चुअल माध्यमबाट एकैसाथ ३२ वटा शाखाको उद्घाटन गरेका छन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा , बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरु उद्घाटन गरिएको बैंकले जनाएको छ । शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमबाट देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । बैंकले वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बराबरको सहयोग विभिन्न संघसंस्थालाई गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा सातै प्रदेशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

                                                                           समाचार स्रोत - नयाँ पुस्ता डट कम 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here