मुक्तिनाथ विकास बैंकका ग्राहकले पाउनेभए अब अनलाइन बजेट पसलमा छुट

0
5

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग सम्झौता गरेको छ । बजेट पसलमा खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिन्छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ । सम्झौता अनुसार मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बजेट पसलबाट रु. ३ हजार भन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट लिन सक्छन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । (समाचार स्रोत – नयाँ पुस्ता डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here