मुक्तिनाथ जाँदै गरेको भारतीय बस दुर्घटना, दुर्घटनामा २७ यात्रु घाइते ,,,,

0
42

दमाैली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा साेमबार बिहान भारतीय बस दुर्घटना भएको छ । दुर्घटनामा परि २७ यात्रु घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोहि दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरिले अनुमान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here