मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न

0
6
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौँ – मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । आइपिओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान एक कार्यक्रमबीच आइपिओको बाँडफाँड गरिएको हो ।

सिडिएससीको विवरण अनुसार मङ्सिर ८ गतेदेखि १२ गतेसम्म खुलेको उक्त आइपिओमा १३ लाख २२ हजार नौ सय ५४ जनाले एक करोड ४३ लाख २८ हजार एक सय ८० कित्ताका लागि आवेदन दिएका थिए । तर कम्पनीले ११ लाख ४८ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । आवेदकमध्येबाट गोलाप्रथा गरि एक लाख १४ हजार आठ सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने साढे ११ लाखभन्दा बढीको हात खाली नै रह्यो ।

मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १४ लाख कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, तीन प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ७० हजार कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ ।

मुक्तिनाथ बैंकको साझेदार रहेको यस कम्पनीले असोज १० गते बोर्डबाट आइपिओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

कम्पनीले आफ्ना सहायक कम्पनीका रुपमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी बैंक, मुक्तिनाथ आइटेक लिमिटेड तथा मुक्तिनाथ ट्रेडिङ कम्पनी सञ्चालन गर्दै आएको छ ।

आइपिओको नतिजा सिडिएससीको वेबसाईट, मेरो सेयर एप, बिक्री प्रबन्धकको वेबसाईट तथा कम्पनीको वेबसाईटमार्फत प्राप्त गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here