‘मिल्टेरीको जुत्ता’को साथमा आए पवन ( भिडियो सहित )

0
233

काठमाडौं – गायक पवन गिरीले आफ्नो तेस्रो अफिसियल गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन्। कोरना कहर बीच संगीतप्रेमीहरुलाई मनोरन्जन प्रदान गर्न गायक गिरीले रमाइलो डान्सिङ बिटको गीत सार्वजनिक गरेका हुन।
नेपाल आइडलमा “चमत्कारी मान्छे” उपनाम पाएका गायक गिरीले यस गीत मार्फत आफुलाई भर्सटाइल गायकका रुपमा प्रमाणित गरेका छन्। लोक लयमा आधारित यस गीतमा स्वर पवन गिरीको रहेको छ भने शब्द रमेश दहालको रहेको छ। अस्ट्रेलियामा बसेर नेपाली संगीतमा योगदान पुर्याइरहेका टिका दहालले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा चर्चित युगल जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। उनीहरुलाई अन्य डान्स क्रुले साथ दिएका छन्। गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन्। जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन्। वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यले निर्देशन गरेका हुन्।
रक विधामा रुचि राख्ने गायक गिरीले यसअघि ‘मलाई एक छिन देउ’ र दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिसकेका छन ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here