मिटरब्याजीको जालो देशव्यापी

0
7

काठमाडौं- अनुचित लेनदेन कारोबारी (मिटरब्याजी)को जालो देशव्यापी फैलिएको छ । हालसम्म देशभरका ५३ जिल्लाबाट मिटरब्याज पीडितले २३ हजार ९ सय ४८ उजुरी दर्ता गराएका छन् । सबैभन्दा बढी मधेस प्रदेशमा १८ हजार ९१ र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ५१ उजुरी परेको पाइएको हो ।

नेपाल सरकारले मिटरब्याजीको वास्तविकता पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोग गठन गरेर थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गठन भएको उक्त आयोगले पीडितहरूको संख्या र हालसम्म भएका कामको फेहेरिस्त बुझाएको छ ।

प्रतिवेदनअनुसार अनुचित लेनदेन कारोबारीको जालो ५३ जिल्लामा फैलिएको छ । आयोगले हालसम्म आएका उजुरीको अध्ययन गरी कतिपय उजुरीहरूको हिसाबकिताब चुक्तासमेत भइसकेको जनाएको छ । आयोगका अनुसार उजुरी परेकामध्ये हालसम्म ३ हजार ३ सय ३९ उजुरीउपर छलफल भई १ हजार ३ सय ८५ वटा उजुरी फछ्र्यौट गरिएको छ । फछ्र्यौट भएका उजुरीबाट ७६ करोड ५९ लाख ६८ हजार ९ सय ७३ रुपियाँको हिसाबकिताब चुक्ता भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

साहुबाट एक अर्ब ३८ करोड ६६ लाख २८ हजार १७ माग गरिए पनि आपसी सहमतिमा मिलापत्र गर्न उजुरी फिर्ता लिएको, लेनदेन नगर्नेगरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको तथा फैसलासमेत भइसकेको, जग्ग खरिद बिक्रीसम्बन्धी कारोबार भएको देखिएको, साहुद्वारा मिनाहा गरिएको लगायत कारणबाट दुवै पक्षबीच लेनदेन गर्न नपर्ने गरी सहमति भएकाले लेनदेन कारोबार बाहेकको रकम अनुचित लेनदेनको परिभाषाभित्र नपर्ने देखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here