मा.प.से गरी सुमो चलाउने चालक प्रहरी नियन्त्रणमा

0
26

काठमाडौं- काठमाडौंको फर्पिङबाट हिजो पक्राउ परेका सुमो चालकलाई आज अभद्र व्यवहार मुद्धा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ । मदिरा सेवन गरि ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय नवराज के.सी.लाई हिजो ट्राफिक प्रहरीले काठमाडौँको फर्पिङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत किर्तीपुरमा बुझाएको थियो । पक्राउ परेका के.सी.माथि अभद्र व्यवहार मुद्धामा दिन ५ (पाँच) म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त किर्तीपुरले जानकारी दिएको छ । यस्तै, काठमाडौंको बौद्ध दक्षिणढोकाबाट हिजो सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी हुन परिक्षा हल भित्र प्रवेश गर्दै गरेका एकजना नक्कली प्रशिक्षार्थीलाई पनि आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ । बर्दियाको सुर्यपुरा ७ घर भइ ललितपुरको हात्तीवन बस्दै आएका विक्रम थारुको नाममा लिखित परीक्षा दिने धनुषाको जनकपुर उपमहानगरपालिका १५ का २६ बर्षीय अरुण मण्डललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्धमा बुझाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here