मास्क लगाउदा यी कुरामा गर्नुहुदैन गल्ति

0
87

काठमाडौं -चीनको बुहानबाट प्रारम्भ भएको कोरोना भाइरसको महामारीले केवल पाँच महिनामा विश्वलाई नै शिकार बनाइसकेको छ । तिब्र गतिमा फैलिइरहेको यो प्राणघातक भाइरसलाई रोक्नका लागि विश्वभरीमा लकडाउनको स्थिति छ । उक्त भाइरसको अहिलेसम्म न त कुनै औपधि पत्ता लागेको छ, न त कुनै खोप नै बनेको छ । त्यसैले नेपालका अधिकांश सार्वजनिक स्थलहरुमा निस्कनेका लागि प्रत्येक नागरिकलाई मास्क लगाउनु अनिवार्य गरिएको छ । एकातिर राम्रो के छ भने आम नागरिकले पनि सरकारको कोरोना रोकथाम अभियानमा साथ दिइरहेका छन् । किनभने अहिले लकडाउनको बेलाम बिहान आठ बजेभन्दा अघि किनमेल गर्न निस्कने प्रायः सबै मानिसहरुले अनिवार्य रुपमा मास्क लगाएकै देख्न पाइन्छ । यद्यपि, अर्को कुरा चाहिं के छ भने अधिकांमा मानिसहरुलाई राम्ररी अथवा प्रभावकारी रुपले मास्क लगाउने सही तरिकाका बारेमा जानकारी नै छैन ।विशेषज्ञहरुका अनुसार यदि तपाईंलाई मास्क लगाइ सकेपछि निस्सासिएको जस्तो अनुभव हुन्छ भने मात्र तपाईले सही तरिकाले मास्क लगाउनु भएको मानिन्छ ।
सबैभन्दा ठूलो गल्ति, जसलाई मानिसहरुले पटक–पटक दोहो-याइरहेका छन्, त्यो के हो भने सार्वजनिक स्थानहरुमा कसैसंग कुराकानी गर्ने बेलामा मानिसहरु मास्कलाई तानेर चिउँडोसम्म तान्छौं, जुन अत्यन्त गलत हो । हामी यहाँ पाँच वटा त्यस्ता कुराहरु बताइरहेका छौं, जसलाई तपाईंहरुले मास्क लगाउने बेलामा गर्नै हुँदैन ।

१. मास्कलाई नाकभन्दा तलमात्र लगाउनु हुँदैन, नाक नै छोपिने गरी लगाउनु पर्छ ।

२. चिउँडोलाई पनि मास्कले ढाक्नु पर्छ ।

३. खुकुलो भैसकेको मास्क लगाउनै हुँदैन ।

४. मास्कले नाकलाई पनि राम्ररी ठाक्नु पर्छ । मास्क केवल तपाईंको नाकको टुप्पोसम्म मात्र अडिएको हुनु हुँदैन ।

५. जब कसैसंग कुरा गरिरहनु भएको हुन्छ, मास्कलाई चिउँडोतिर नतान्नु होला ।

मास्क लगाउने सही तरिका
मास्क तपाईंको नाकबाट प्रारम्भ भएर चिउँडोसम्म पुग्नु पर्छ । अर्थात तपाईंको नाकको डाँडी, जहाँबाट नाक प्रारम्भ हुन्छ, त्यहाँदेखि चिउँडोसम्म नै ढाकिएको हुनुपर्छ । मास्कलाई कुनै तपाईंको मुख र नाकको वरिपरी टम्म हुने गरि, कुनै पनि छिद्र नखुल्ने गरि राख्नु पर्छ । मास्कलाई सकेसम्म कसिलो तरिकाले नै लगाउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here