मासिक ६० लाख तिर्नेगरी किन सर्दैछ काठमाडौं महानगरपालिका ?

0
4

काठमाडौं- काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ । आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन महँगो भाडा तिरेर नयाँ भवनमा सर्ने तयारीले धेरैलाई आश्चार्यमा पारेको छ । काठमाडौं महानगर मासिक ६० लाख रूपैयाँ तिर्नेगरी १० वर्षका लागि काठमाडौं प्लाजामा सर्ने सम्झौता गरेसँगै महानगरभित्रैबाट विरोधका आवाज सुनिन थालेको छ । बागदरबारको पुरानो भवनको प्रबलीकरण र टेकुमा बन्दै गरेको ७० करोडको भवन अलपत्र छोडेर मासिक ६० लाख रूपैयाँ तिर्ने गरी महानगर किन सर्दै छ भन्ने विषयमा महानगर कार्यालयका कर्मचारी नै अचम्मित छन् । आजको नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here