माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ

0
3

काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा मृत भेटिएकी थिइन्। मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार, आज बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी हो । कोलीलाई बैतडी प्रहरीमा बुझाइएको छ।
२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here