माफियाको खर्चमा प्रम ओलीले आफ्नो उपचार गराइरहेको डा. केसीको आरोप कात्तिक १३ बाट अनशन बस्ने चेतावनी

0
53

काठमाडौं- डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए यहिँ कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । केसीले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् ।
सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन् । , (‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ’ डा. केसीले भनेका छन्) ।
यस्तै डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, र अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेका छन् ।
त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त डा. केसी अब कहाँ अनशन बस्छन् त्यो बारे खुलाएका छैनन् । आफू नेपाली नागरिक भएकाले नेपालको जुनसुकै कुनाकाप्चामा पुगेर पनि अनशन बस्नसक्ने उनको भनाइ रहेको छ । सिंगो नेपालीको स्वास्थ्य र शिक्षाको लागि लडेकाले जहाँ गए पनि जनताले सहयोग गर्ने समेत उनले बताएका छन् ।
‘नेपाली नागरिक भएकाले देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्न सक्छु’, केसीले अगाडि थपे, ‘नेपालीको स्वास्थ्य र शिक्षाका लागि लडेकाले जहाँ गए पनि जनताको सहयोग मलाई हुन्छ ।’
यसैगरी डा. केसीले सरकारले तोकिदिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई फौजदारी मुद्दा लगाएर कारबाही गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च पारदर्शी हुनुपर्ने बताए । माफियाको खर्चमा प्रधानमन्त्री ओलीले आफ्नो उपचार गराइरहेको डा. केसीले आरोप लगाएका छन् ।
डा. केसीले भने- उनको (केपी शर्मा ओलीको) उपचार खर्चमा भएको लेनदेन पारदर्शी हुनुपर्छ । उनलाई जनताले चन्दा उठाएर उपचार खर्च जुटाउँथे, तर उनी माफियाको खर्चमा उपचार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here