मान्छेको पेटबाट शल्यक्रिया गरेर चिकित्सकले निकाले मोबाइल

0
5

एजेन्सी – एक व्यक्ति निकै पेट दुखेपछि चिकित्सक कहाँ जान्छन् । केही घन्टापछि चिकित्सकले उनको पेटको एक्सरे गर्छन् । एक्सरे रिपोर्टमा ती व्यक्तिको पेटमा मोवाईल देखेपछि चिकित्सक नै चकित हुन्छन् । उनको तत्कालै शल्यक्रिया हुन्छ । यो हो पश्चिमी इजिप्टको आसवान युनिर्भसिटी अस्पतालको घटना । समाचार विवरणअनुसार ती व्यक्तिले ६ महिनाअगाडि एउटा मोबाईल फोन निलेका थिए । स्वभाविक प्रक्रियाबाट दिशामार्फत मोबाईल बाहिर निस्कने आशामा उनले कसैलाई पनि भनेनन् । किनकी, आफ्नो अस्वभाविक कामबाट उनी आफै लज्जित थिए । तर, पेट दुखेर सा-है पिडा हुन थालेपछि उनी चिकित्सककहाँ गएका थिए । मोवाईलका कारण उनलाई खान पनि असजिलो भएको थियो । ती व्यक्तिले आफ्नो समस्या बताउने बित्तिकै चिकित्सकले एक्सरे गरे । पेटभित्र एउटा मोबाईल देखियो । चिकित्सकले तत्कालै शल्यक्रिया गरे । मानिसले मोबाइल निलेर शल्यक्रियामार्फत झिकेको संभवत यो पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन् ।मोवाईल पेटबाट निकाले पनि ती व्यक्तिको स्वास्थ्य अवस्थाबारे थप केही बताइएको छैन् । शल्यक्रियापछि ती व्यक्ति पूर्ण रुपमा स्वस्थ हुने चिकित्सकहरुको विश्वास छ । उनले किन मोवाईल खाए भन्ने बारेमा इजिप्टका सञ्चार माध्यमहरुले केही खुलाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here