मानवताका लागि दिपाश्रीलाई माफी दिनुपर्छ: राजेश हमाल

0
370

काठमाडौँ – महानायक राजेश हमालले कलाकार दीपाश्री वा सम्बन्धीत व्यक्तिलाई माफी दिन पनि आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मानवताका लागि उनलाई माफी दिनुपर्छ ।’ केही दिनअघि कलाकार दिपाश्री निरौलाले ‘महानायक’का विषयमा दिएको अभिब्यक्ति र टिकाटिप्पणीका विषयलाई लक्षित गर्दै हमालले यस्तो आग्रह गरेका हुन ।
मंगलबार राती फेसबुकमार्फत आफ्नो धारणा राख्दै उनले भनेका छन् यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।
उनले भने, मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो। भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर यहाँहरुबाट कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु। हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला’, उनले भनेका छन् । एक टेलिभिजन अन्तरवार्ताका क्रममा दिपाश्रीले राजेश मात्र किन महानायक भए, निर्माता–निर्देशक र अन्य कलाकार किन भएनन् ? भन्ने प्रश्न उठाएकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here