माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित

0
9

काठमाडौं – यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दलले सातै प्रदेशमा सहभागी हुने भन्दै दल दर्ता गरेका छन् । यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेमकिपाले बाग्मती प्रदेश र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र सहभागी हुने गरी दल दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here