माइक्रोबस अनियन्त्रित भएर पुलमा ठोक्किँदा १४ यात्रु घाइते

0
4

काठमाडौं – पृथ्वी राजमार्गको दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भएर सम्धी खोला पुलमा ठोक्किँदा १४ यात्रु घाइते भएका छन् । आज बिहान बा ४ ख ९९९९ नम्वरको माइक्रोबस अनियन्त्रित हुन्दा चालकसहित १४ यात्रु घाइते भएका हुन् । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here