महाकाली नदीमा डुङ्गा दुर्घटना

0
7

बैतडी – महाकाली नदीमा डुङ्गा दुर्घटना हुँभएको छ। दुर्घटनामा परि एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् भने बेपत्ता हुनेमा शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद रहेका छन्। महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here