महँगियो सुन

0
3

काठमाडौं- नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुन पनि १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here