मलेसियाका प्रधानमन्त्री मोहम्मदले दिए राजीनामा नयाँ सरकार गठनमा समस्या हुने सम्भावना

0
266

क्‍वालालम्पुर- मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार अचानक राजीनामा दिएका छन् । सोमबार उनले मलेसियाका राजासमक्ष राजीनामा बुझाएको मलेसियाली सञ्‍चारमाध्यम हरुले जनाएका छन् ।
९४ वर्षीय महाथिरले नयाँ गठबन्धनको सरकार बनाउन चाहेको र अनवर इब्राहिमलाई प्रधानमन्त्रीका रुपमा चयन गर्नका लागि पनि राजीनामा दिएको बिभिन्न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विश्वकै सबैभन्दा पाका प्रधानमन्त्रीका रुपमा महाथिर मोहम्मद सन् २०१८ को मेमा मलेसियाको सत्ता सम्हालेका हुन् । यसअघि सन् १९८१ देखि २००३ सम्म पनि उनी मलेसियाका प्रधानमन्त्री बनेका थिए ।
महाथिरले राजीनामा दिए पनि उनको योजनाअनुरुप नयाँ सरकार बन्ने छाँट भने देखिएको छैन ।
महाथिरको मलेसियन युनाइटेड इन्डिजेनस पार्टीलाई सरकारमा समर्थन गरेको बर्सातु पार्टीले गठबन्धन तोडेको जनाएसँगै नयाँ सरकार गठनमा समस्या हुने देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here