मन्त्रिमण्डल पुनर्गठनबारे बालुवाटारमा ओली–प्रचण्ड वार्ता

0
186

काठमाडौं – मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणको बाकी काम सम्पन्न गर्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओली एक्लाएक्लै छलफल गरिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।‘उहाँहरु छलफल गरिरहनु भएको छ,’ उनले भने, ‘के के विषयमा छलफल भएको छ भन्ने बारे खुलाइएको छैन।’
प्रधानमन्त्री ओलीले आजै रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।
सोही विषयमा प्रचण्डसंग सहमति गरेर निर्णय गर्न छलफल भैरहेको स्रोतले जनायो। आजै मन्त्रीपरिषद् बैठक पनि बस्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here