मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रम ओली

0
127

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। दशैं अगाडिनै सरकार पुनर्गठन गर्ने तयारी भएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि दशैं पछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा नेताहरुबीच सहमति भएको प्रधानमन्त्री निटक स्रोतले जनाएको छ।
मन्त्रिपरिषद पुनर्गठनको विषयमा प्रधानमन्त्री केपी ओलीले नेकपा अध्यक्ष प्रचण्ड, नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग दशैं अगाडि नै छलफल गरिसकेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री ओली गृह, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयमा फेरबदल चाहन्छन्। अन्य केही मन्त्रालयबारे पनि नेताहरुबीच छलफल भएको स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको लामो समय भैसकेको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चाँडै पुनर्गठन हुने बताउँदै आएका थिए । उनले केही दिनअघि मात्र विराटनगरमा प्रधानमन्त्रीको अधिकार क्षेत्र भएकाले यसबारे आफूलाई प्रश्न नगर्न समेत भनेका थिए।
यस्तै नेकपाभित्रै पनि केही मन्त्री फेरबदल गर्न दबाब बढ्दै गएको छ। प्रधानमन्त्री स्वयं पनि केही मन्त्रीको कामप्रति सन्तुष्ट नभएको बताइन्छ।
दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना बढ्न थालेपछि प्रधानमन्त्री ओलीले केही मन्त्री फेरबदल गर्न लागेको बालुवाटार निकट स्रोतले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here