मन्त्रिपरिषद् बैठकले गर्यो वैशाख महिनाको अन्तिमसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय

0
20

काठमाडौं – सरकारले वैशाख महिनाको अन्तिमसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस विद्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थान र यातायातको साधनमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्ने जनाएको छ । नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था, रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । रगंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकविना सन्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here