मनका गायक रामकृष्ण ढकालको आवाजमा ”तिम्रो बारे” सार्वजनिक

0
705

काठमाडौं – सर्वप्रिय एबम मनका गायक रामकृष्ण ढकालको नया गीत प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ। ढकालको कर्णप्रिय आवाजमा सजिएको उक्त गीतमा उनि पत्नी नीलमका साथमा भिडियोमा पनि देखिएका छन् ।
मायाँ प्रेममा आधारित ”तिम्रो बारे” बोलको सोहि गीतलाई सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताहरुले निकैनै मन पराइरहेका छन् र राम्रा राम्रा प्रतिक्रिया हरु दिरहेका छन्।
गीतकार मनिष बशिष्ठको शब्द रचना तथा तथा सुरेन्द्र मान सिंहको संगीत रहेको उक्त गीतमा संगीत संयोजन भने रिकेश गुरुङको रहेको छ । गीतको भिडियोलाई भने गम्भीर बिष्टले निर्देशन गरेका हुन् यस्तै छायांकन नवराज उप्रेती, कोरियोग्राफी सुबोल थापा र सम्पादन नबिन निरौलाले गरेका हुन् ।
गीतलाई एमबी क्रिएसनको अफिसियल युट्युव च्यानल मार्फत रिलिज गरिएको हो।

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here