”मकवानपुरगढी घुम्न जाउँ” भन्दै आए चर्चित संगीतकार / गायक चेतन सापकोटा (भिडियो सहित)

0
329

मकवानपुर – नेपालको ऐतिहासिक क्षेत्र मकवानपुरगढीको विरता झल्काउने गरि लोकप्रिय गायक तथा संगीतकार चेतन सापकोटाले मकवानपुरगढी गाउँपालिकाको परिचय रहेको एक वृत्तचित्र सहित ” मकवानपुरगढी घुम्न जाउँ ” बोलको गित सार्वजनिक गरेका छन् ।
मकवानपुरगढीको आठै वटा वडाको विशेषता तथा ती स्थानका पर्यटकीय हिसाबले घुम्न लायक स्थानहरुको उक्त गितमा वर्णन गरिएको छ ।
गायक तथा संगीतकार सापकोटाले निकै आकर्षक र रोचक हिसाबले तयार पारेका उक्त गितमा गाउँपालिका अध्यक्ष विदुर हुमागाँईलाई समेत नचाएका छन् ।
पर्यटकीय हिसाबले निकै चर्चित तथा नेपालको ऐतिहासिक क्षेत्र वागमती प्रदेशको राजधानी हेटौंडाबाट १७ किलोमिटर पुर्व कान्तिलोकपथको छेवैमा मकवानपुरगढी गाउँपालिका अन्तर्गत वडा नं २ मा रहेको पृथ्वीनारायण शाहको ससुराली सेन वंशिय राजाले शासन गरेको मकवानपुरगढी दरवार क्षेत्रको धेरै नै दृश्यहरु छायांकन गरिएको उक्त गितमा मनकामना मंदिर , रुद्रवाटिका , फुुुटसल , विजय पार्क , सालकपार्क , ढुङेगढी , जिपलाईन ,रिखेश्वर गुफा , खुँडेधारको पर्यटकीय पदमार्ग लगायतका चर्चित स्थानहरुको छायांकन गरिएको छ ।
यसैगरी मकवानपुरगढी गाउँपालिकाको सांस्कृतिक , धार्मिक , पर्यटन एवम् उत्पादनको विषय समेटिएको वृत्तचित्र मार्फत मकवानपुरगढीको परिचय झल्काईएको छ । उक्त वृत्तचित्रमा गाउँपालिकाले गरिरहेका गतिविधि लगायत आगामी कार्यक्रम तथा योजनाका विषयमा पालिका अध्यक्ष विदुर हुमागाँई , उपाध्यक्ष हर्कमाया रुम्बा र प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सान्दर्भिक विचार प्रस्तुत गर्नुभएको छ ।
नेपाल कै विशिस्ट महत्त्व बोकेको ऐतिहासिक क्षेत्र मकवानपुरगढी का विषयमा गित तथा वृत्तचित्र मार्फत आफ्ना भावना तथा कला समेट्न पाएकोमा आफु निकै नै खुशी भएको गायक संगीतकार चेतन सापकोटाले बताएका छन् । साथै कम्तीमा एकपटक हेरिदिन सापकोटाले सबैलाई अनुरोध समेत गरेका छन् ।

गीतको भिडियोमा शब्द संगीत स्वर निर्देशन चेतन सापकोटाकै रहेको छ भने अभिनय पनि उनै गायक तथा संगीतकार सापकोटा अभी गौतम ,सबी गौतम र साथिहरुको रहेको छ। जसलाई छायांकन राज पोख्रेल र सम्पादन बिनोद बमले गरेका हुन् भने वृत्तचित्रमा पनि सापकोटाकै निर्देशन राज पोख्रेलको छायांकन तथा आकास धिमाल सहायक छायाँकारका रुपमा रहेका छन् र प्रतिक ढुंगेलको सम्पादन रहेको छ।
यस गित तथा वृत्तचित्र तयार गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको पालिकाले जनाएको छ ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here