मंसिरसम्म ८६ अर्ब राजस्व कम

0
8

काठमाडौं- सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण चालू आर्थिक वर्षको राजस्व असुली घटेको भन्दै आए पनि यो आंशिक सत्यमात्र देखिएको छ । आयात प्रतिबन्ध लगाएको र नलगाएको दुई आर्थिक वर्षका ५ महिनाको राजस्व असुलीको अवस्था हेर्दा प्रतिबन्धले राजस्व घटेको भन्नु सरकारलाई बहाना मिल्नु मात्र हो । सरकारले २०७९ बैशाखदेखि १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । यी १० वस्तुमध्ये बीचमा केही वस्तुको आयात खुलाए पनि यही पुसदेखि सबैको प्रतिबन्ध हटिसकेको छ । भन्सार विभागको तथ्यांकअनुसार आयात प्रतिबन्ध लगाउनु अघिको आर्थिक वर्ष (२०७८ /२०७९) का सुरुका पाँच महिना (साउन -मंसिर) सम्म यी १० वस्तु आयातबाट २२ अर्ब २२ करोड रुपैयाँ राजस्व असुली भएको देखिन्छ । चालू आवमा यी १० वस्तुमा आयात प्रतिबन्ध लगाएका कारण यही हाराहारी (२२- २५ अर्ब) राजस्व असुली कम हुनुपर्ने हो । तर, विभागको तथ्यांक अवस्था भने अर्कै छ । यो आर्थिक वर्षको ५ महिनामा राजस्व असुली गत वर्षभन्दा ८६ अर्ब रूपैयाँले घटेको छ । आजको कारोबार दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here