मंगलबारदेखि हराईरहेका जुम्ल्याहा दाजुभाइ डुबेको अवस्थामा मृत फेला

0
5

कपिलवस्तु- कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ बगहीमा एकै परिवारका दुई दाजुभाइ मृतअवस्थामा फेला परेका छन् । मङ्गलवारदेखी हराएका वर्ष ५ का जुम्ल्याहा दाजुभाइ राजन यादव र साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको ईप्रका कृष्णनगरले जनाएको छ ।

प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको थियो । माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईप्रका कृष्णनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here