भ्रष्टाचार, विकृति र विसंगतिले देश कठिन अवस्थामा छ– राजनीतिक विश्लेषक रायमाझी

0
17

काठमाडौं- राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले देश कठिन अवस्थामा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक रायमाझीले भ्रष्टाचार, विकृति र विसंगतिका कारण यो देश रोइरहेको बताएका हुन् । हामीले हाम्रो परम्परा, संस्कार र संस्कृतिको जर्गेना र संरक्षण गर्नुसमेत आजको चुनौति बनेको उनको भनाई छ । ‘यो देश कठिन अवस्थामा छ । भ्रष्टाचारले व्याप्त भएको छ । विकृति र विसंगतिले यो देश रोइरहेको छ । यसको निराकरणका निमित्त प्रत्येक नेपालीहरु सचेत हुनुपर्यो । अब हामीले आँखा बन्द गरेर होइन, आँखा खोलेर नेपाली भएर हेर्नुपर्यो । नेपाली मुटुले हेर्नुपर्यो,’– उनले भने । विदेश पलायन भएर नेपालको विकास नहुने उनको दाबी छ । सहअस्तित्व र भाइचाराको माध्यमबाट देशको विकास र संस्कार र संस्कृतिको संरक्षणमा नेपालीहरु लाग्नुपर्ने उनको दाबी छ । अहिले शान्ति, सद्भाव र मित्रतालाई आत्मसाथ गरेकाहरु नभई हत्या र हिंसालाई प्रश्रय दिनेहरु सिंहदरबारमा रहेको उनको आरोप छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ वर्ष नेपालीहरुका लागि सुखद् रहोस् भनी कामनासमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here