भेल बाढीले लिएर आयो गीतकार विष्णु आचार्य “अतृप्त” लाइ,मेटिएला त “घर फर्कने तिर्खा”?

0
34

काठमाडौँ- गीतकार विष्णु आचार्य “अतृप्त” ले आफ्नो शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत र स्वरमा तयार भएको “अघि बढे भेल बाढी ”बोलको आधुनिक गीत सार्वजनिक गरेका छन्। विन्दवासिनी म्युजिक प्रालिको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो। दु:ख जीवनको स्थायी सत्य हो। त्यसैले यसबाट भाग्ने होइन, यसलाई सामना गर्नुपर्छ र यसका लागि उँचो आत्मबल र धैर्यताको सर्जाम जुटाउँदै जानुपर्छ भन्ने आशय बोकेको यो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन् भने लिरिकल भिडियो मनोज रत्न शाहीले तयार पारेका छन्। प्रकाश मिश्रको मिक्सिङ एबम मास्टरिङ्ग रहेको यो गीतको महिला संस्करण पनि चाँडै बजारमा आउने निर्माण पक्षले बताएको छ। यस गीतका रचनाकार विष्णु आचार्य “अतृप्त”को केही समयअघि “घर फर्कने तिर्खा” कवितासङ्ग्रह बजारमा आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here