भीषण आगलागी हुँदा जुम्लामा दुई दर्जनभन्दा बढी घर जलेर नष्ट

0
20

जुम्ला- जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार राति भीषण आगलागी भएको छ। प्रहरीका अनुसार आगलागीबाट २५ वटा भन्दा बढी जलेर नष्ट भएका छन्। जुम्ला जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीका अनुसार साँझ ७ बजे आगालागी सुरु भएको हो। ‘त्यहाँ ४०/४५ वटा फुसका घर रहेछन्,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘राति ९÷१० बजे पुगेको प्रहरी टोलीले आगो निभाउने प्रयास गरिरहेको छ, तर अझै पूर्ण नियन्त्रणमा आएको छैन।’ उनका अनुसार कुनै पनि घर बच्ने सम्भावना छैन। ‘त्यहाँ पानीको पनि अभाव रहेछ, हावा पनि उस्तै चल्ने रहेछ,’ उनले भने। प्रहरी निरीक्षक चौधरीका अनुसार घटनास्थल निकै विकट ठाउँ भएकाले सुरुमै सूचना भए पनि प्रहरीको टोली ढिला गरी पुगेको हो। आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए। प्रहरी टोली अहिले घटनास्थलमै छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ। आगलागी के कारण भयो भन्ने कुरा पनि खुलिसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here