भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न योगेश भट्टराईको माग

0
3
Interview with Nepal Communist Party (NCP) lawmaker Yogesh Bhattarai, in Kathmandu, on Thursday, January 10, 2019. Photo: Naresh Krishna Shrestha/THT

काठमाडौं – आज भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् । बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् । उनले वरिष्ठता, नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन समेत आग्रह गरेका छन् । भक्तपुरमा जारी उक्त केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका भएपनि त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम रहेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here