भिड्दैछन् आज एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलमा नेपालको दुबै टोली

0
4

काठमाडौं – एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपालको महिला र पुरुष दुबै टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालको महिला टोलीले आज उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ :१५ बजे सुरु हुनेछ । नेपालको महिला टोली आज लगातार चौंथो जितको खोजीमा हुनेछ । यस्तै पुरुष टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउसो ३ः४५ बजे सुरु हुनेछ । नेपालको पुरुष टोली आज दोस्रो जितको खोजीमा हुनेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here