भिटेनले माफे मागी, ‘पारा’ बोलको गीत अब संशोधनसहित रिजिल हुने

0
293

काठमाडौं- भिटेनको नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज गरिने भएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै भिटेनले कात्तिक ८ गते रिलिज भएको आफ्नो गीतको शब्दका कारण विभिन्न निकाय र व्यक्तिप्रति ठेस पुग्न गएको गुनासो आएकाले कात्तिक १३ गते सो गीत आधिकारिक च्यानलबाट हटाइएको र गीत संशोधन गर्दै प्रकाशित गर्ने जनाएका छन् । गीतबाट असुविधा पुगेका सम्बन्धितहरू निकायहरूसँग उनले विज्ञप्तिमा माफी मागेका छन्। त्यसैगरी पहिले रिलिज गरिएको गीतलाई अनिधिकृतरूपमा अपलोड नगर्न आग्रह समेत विज्ञप्तिमा गरिएको छ।
प्रहरीले गीतलाई लिएर आफूमाथि कारवाही गर्ने तयारी गरेपछि भिटेनले उक्त गीत बिहीबार साँझ प्राइभेट बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here