भिजन लुम्बिनीको आईपीओ बाँडफाँड

0
5
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं- भिजन लुम्बिनी उर्जा कम्पनीको आईपिओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज (मंगलबार) बिहान ९ बजे आईपिओ बाँडफाँड गरेको हो ।

आईपीओका लागि आवेदन दिएकामध्ये दुई लाख सात हजार पाँच सय २५ जनाले शेयर हात पारेका छन् । शेयर पाएको आवेदकमध्येृ पाँच जनाले ११ कित्ता पाएका छन् भने अन्य सबैले गोलाप्रथाको आधारमा १० कित्ताका दरले शेयर पाएका हुन् ।

कम्पनीको आईपीओ खरिदका लागि ११ लाख ५६ हजार ९२७ आवेदन दिएका थिए । ९ लाख ४९ हजार आवेदकको हात खाली भएको छ । आईपीओको नतिजा सिडिएस एण्ड क्लेरिङ्गको बेबसाईड iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here