भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार संक्रमित

0
5

काठमाडौं – छिमेकी मुलुक भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । मंगलबार मात्रै भारतमा १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here